दक्षिण अफ्रिकामा रात्रिकालीन कर्फ्यु हट्यो

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,पुस १६ गते।  

दक्षिण अफ्रिकामा कोरोना महामारीको जोखिमका बीच रात्रिकालीन कर्फ्यु हटाएको छ ।

दक्षिण अफ्रिकाले ठूलो क्षतिबिनै ओमिक्रोन भेरियन्टको लहर पार भएको बताएको छ।

बिहीबार दक्षिण अफ्रिकाको सरकारले ओमिक्रोनको लहरबाट मृत्युदरमा सामान्य वृद्धिमात्र भएको जनाएको छ।

कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट सबैभन्दा पहिले दक्षिण अफ्रिकामा भेटिएको पुष्टि भएको थियो । यो भेरियन्ट अरुभन्दा बढी संक्रामक रहेको भनिएको थियो । त्यसैले ओमिक्रोन भेरियन्ट पुष्टि भएका अन्य देशहरुले पनि स्वास्थ्य सुरक्षासम्बन्धी नियमहरु कडाइका साथ पालना गर्न सुरु गरेका थिए ।

विश्व स्वास्थ्य संगठनले त अझै पनि ओमिक्रोन ‘भेरियन्ट’को संक्रमणको सुनामी आउनसक्ने चेतावनी नै जारी गरेको छ ।

तर दक्षिण अफ्रिकाको विशेष मन्त्रिपरिषद बैठकले भने बिहीबार केही नियमहरु खुकुलो बनाउने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *