सिलिण्डर आधा भरेर बिक्री गर्ने नेपाल आयल निगमको निर्णय

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, फाल्गुण २९ गते

खाना पकाउने ग्यास सिलिण्डर आधा भरेर बिक्री गर्ने नेपाल आयल निगमले निर्णय गरेको छ।

निगमले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै हालको परिस्थितिलाई मध्यनजर गर्दै मिति २०८२ फागुन २९ गतेदेखि अर्को निर्णय नभएसम्म ग्यास सिलिण्डरमा ७.१ केजी एलपी ग्यास भरी प्रति सिलिण्डर आधा मूल्य ९५५ रुपैयाँमा बिक्री वितरण गरिने जनाएको छ।

निगमका अनुसार नियमित रूपमा मागअनुसार ग्यास आयात तथा वितरण भइरहे पनि पछिल्ला दुई–तीन महिनादेखि काठमाडौं उपत्यकामा ग्यासको माग उच्च देखिएको छ। यसबीच मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण विश्वव्यापी रूपमा पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा असर परेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *