आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, कार्तिक २४ गते

एनपीएल क्रिकेट प्रतियोगिताअन्तर्गत आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।

खेल साँझ ५ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु हुनेछ।

जारी प्रतियोगितामा पाँच खेल खेलेको सुदूरपश्चिम ६ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा रहेको छ। समान पाँच खेल खेलेको जनकपुर चार अंकसहित पाँचौँ स्थानमा छ।

यसअघिका एनपीएलका संस्करणमा दुई टोलीबीच चार पटक प्रतिस्पर्धा हुँदा सुदूरपश्चिमले तीन खेल जितेको छ भने जनकपुरले एक खेलमा जित निकालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *