अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, कार्तिक १९ गते
एनपीएल क्रिकेट अन्तर्गत आज दुई वटा खेलहरू हुँदैछन् ।
आज अपराहन्न साढे १२ बजेदेखि हुने पहिलो खेलमा जनकपुर बोल्ट्स(janakpur bolts) र लुम्बिनी लायन्स (lumbini lions)आमने सामने हुदैछन्।
लुम्बिनी लायन्स अपराजित रहदै शिर्ष स्थानमा रहेको छ। तीन खेल खेलेको लुम्बिनीले दुई जित र एक खेलको नतिजा नआउँदा पाँच अंक जोडेर शिर्ष स्थानमा छ। त्यस्तै चार खेलमा २ जित र २ हारसहित जनकपुर बोल्ट्स ४ अंक हासिल गर्दै चौथो स्थानमा रहेका छन्।
त्यस्तै आज साँझ हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौँ गोर्खाज आमने सामने हुदैछन्।
विराटनगर किंग्सले ४ खेलमा २ जित र २ हार बेहोरेको छ भने अंक तालिकामा दोस्रो स्थानमा रहेको छ। त्यस्तै काठमाडौँ गोर्खाजले २ खेलमा एक जित र एक हार बेहोरेको छ र सातौं स्थानमा रहेको छ।