अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, कार्तिक १२ गते
विवाहित हिन्दु महिलाहरुले आफ्नो पतिको लामो आयुको कामना गर्दै आज करवा चौथ पर्व मनाउँदै छन् ।
दिनभरी बिना पानी र निराहार ब्रत बसेर चन्द्रयोदयको बेला करवा चौथको पूजा गरेर यसको ब्रत समापन हुने हिन्दु संस्कृतिका जानकारहरु बताउँछन् ।
सनातन संस्कृति र परम्परामा प्रेम, विश्वास र वैवाहिक समर्पणको प्रतीक मानिने करवा चौथ महिलाहरुका लागि एक महत्वपूर्ण पर्व हो । यो पर्व विशेषगरी विवाहित महिलाहरूले आफ्ना पतिको लामो आयु, सुख, समृद्धि र स्वास्थ्यको कामना गर्दै मनाउँछन् । नेपाल र भारतका विभिन्न क्षेत्रमा यो पर्व ठूलो उत्साहका साथ मनाइन्छ ।