आज २०८३ कार्तिक ४ गतेको राशिफल

अनलाईन न्युजपाटी जनकपुरधाम,ज्योतिष विवेक पाण्डेय,समाचारदाता, कार्तिक ४ गते

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) #Aries:

दिन राम्रो छ । आम्दानी हुनेछ । साथीभाइ दाहिना भएकाले मन खुशी रहने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) #Taurus :

तपाईंको बोलीका कारण महत्त्वपूर्ण काम बन्नेछ । धार्मिक कार्यक्रममा सहभागी हुने अवसर मिल्ने छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) #Gemini:

सञ्चित धन खर्च हुनेछ । स्वास्थ्यमा सुधारका संकेत देखिने छन् । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) #Cancer :

धनलक्ष्मी योग परेको छ । साथीभाइको साथ मिल्ने भएकाले सोचेको काम गर्न अगाडि बढ्नु उचित हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) #Leo :             

आफूले सोचेको काम नबन्ने जोखिम छ । कृषिजन्य उत्पादनको व्यापारबाट फाइदा हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)  #Virgo :

तपाईंले सोचेका काम पूरा हुनेछ । साथीभाइसँगको भेटले मन खुसी हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) #Libra :

शिक्षाको क्षेत्रमा भने ढिलासुस्ती बढ्ने छ । परिवारको सल्लाह लिएर ठुलो कामको सुरुवात गर्नु उचित हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) #Scorpio:

आज कार्य सफल हुनेछ । प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ । राज्यको तर्फबाट भने सेवाको अवसर मिल्ने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) #Sagittarius :

शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्ने छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवन सुखमय बित्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) #Capricorn :

दिन राम्रो छ । दाजुभाइसँकागे सहकार्यले मन शान्त बन्नेछ । मनमा रहेको अशान्ति हटाउन धार्मिक कार्यमा सहभागी हुनु उचित हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) #Aquarius:

दिन सामान्य छ । आज जोगिएर काम गर्नुपर्ने दिन छ । शिक्षामा गरेको श्रमको मूल्य पाउनु हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)#Pisces :

बोलीको प्रभावले काम बन्नेछ । गुम्न लागेको धन हात लाग्दा मन प्रशन्न हुनेछ । व्यापारमा थप लगानी नगर्नु उचित हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *