आज २०८३ असोज ३१ गतेको राशिफल

अनलाईन न्युजपाटी जनकपुरधाम,ज्योतिष विवेक पाण्डेय,समाचारदाता,असोज ३१ गते

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) #Aries:

व्यापारमा सोचेजस्तो सफलता मिल्नेछ। दाम्पत्य जीवनमा आउने सानातिना खटपटहरू समाधान हुनेछन्। नयाँ कार्यको योजना बन्नेछ। स्वास्थ्यमा सामान्य कमजोरी देखिए पनि दिन उत्साहजनक रहनेछ। अध्ययनमा रुचि बढ्नेछ र साथीभाइको सहयोगले रोकिएको काम पुनः अगाडि बढ्ने योग छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) #Taurus :

पुराना रोगबाट केही हदसम्म मुक्ति मिल्नेछ। प्रतिस्पर्धात्मक काममा सफलता हात पर्नेछ। खर्चमा केही नियन्त्रण गर्नुहोला। विरोधीहरू परास्त हुनेछन्। कार्यालयमा सहकर्मीहरूको सहयोगले महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्न सहज हुनेछ। यात्रा गर्दा भने विशेष सावधानी अपनाउनु आवश्यक हुन्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) #Gemini:

बुद्धिको सही प्रयोग गरेर आर्थिक लाभ लिन सकिनेछ। बौद्धिक क्षेत्रमा तपाईंको प्रख्याति बढ्नेछ। प्रेमसम्बन्ध सुमधुर बन्नेछ। सन्तान पक्षबाट सुखद समाचार सुन्न पाइनेछ। विद्यार्थीहरूका लागि यो समय अत्यन्त फलदायी रहनेछ। रचनात्मक कार्यमा मन लाग्नेछ र कलाप्रति झुकाव बढ्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) #Cancer :

घरपरिवारमा सुखशान्तिको वातावरण छाउनेछ। जग्गाजमिन वा सवारी साधन जोड ज्ञ गर्ने योग रहेको छ। आमाको स्वास्थ्यलाई लिएर केही चिन्ता बढ्न सक्छ। भौतिक सुखसुविधाका साधनहरूमा खर्च हुनेछ। अनावश्यक विवादबाट टाढा रहनु नै बुद्धिमानी हुनेछ। सामाजिक कार्यमा प्रतिष्ठा बढ्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) #Leo :             

पराक्रम र साहस वृद्धि हुनेछ। छोटो तथा लाभदायक यात्राको योग रहेको छ। दाजुभाइ तथा छिमेकीसँगको सम्बन्ध अझ प्रगाढ बन्नेछ। नयाँ कार्यको थालनी गर्नका लागि समय अनुकूल छ। पराक्रमले नै अधुरा कामहरू सम्पन्न हुनेछन्। कला र साहित्य क्षेत्रमा रुचि बढ्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)  #Virgo :

आर्थिक मामिलामा सुधार आउनेछ। बोलीको प्रभाव बढ्ने हुनाले रोकिएका कामहरू सम्पादन हुनेछन्। पारिवारिक जमघटमा सरिक हुने अवसर जुर्नेछ। खानपानमा विशेष ध्यान दिनुहोला, अन्यथा पेटसम्बन्धी समस्या आउन सक्छ। व्यापार व्यवसायबाट राम्रो मुनाफा कमाउन सकिनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) #Libra :

आजको दिन तपाईंका लागि उमंगले भरिपूर्ण रहनेछ। मानप्रतिष्ठा र सामाजिक सम्मानमा वृद्धि हुनेछ। व्यक्तिगत पहिरन तथा सौन्दर्यमा ध्यान जानेछ। साझेदारी व्यवसायमा राम्रो फाइदा मिल्नेछ। स्वास्थ्य अनुकूल रहनेछ र आत्मविश्वास बढ्नेछ। जीवनसाथीको पूर्ण सहयोग प्राप्त हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) #Scorpio:

विदेशी लगानी वा विदेशसँग सम्बन्धित कामबाट फाइदा हुनेछ। खर्चको मात्रा केही बढ्न सक्ने भएकाले आर्थिक योजनामा ध्यान दिनुहोला। अनावश्यक भ्रमण हुन सक्छ। गुप्त शत्रुहरूबाट बच्नुहोला। आत्मिक शान्तिका लागि धार्मिक कार्य तथा योग–ध्यानमा समय बिताउनु लाभदायक हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) #Sagittarius :

आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। साथीभाइको सहयोगले ठूला योजनाहरू अगाडि बढ्नेछन्। सामाजिक कार्यमा सहभागिता बढ्नेछ। शेयर बजार वा व्यापारिक लगानीबाट फाइदा मिल्नेछ। इष्टमित्रबाट प्राप्त सल्लाहले ठूलो सफलता हात पार्न मद्दत पुग्नेछ। स्वास्थ्य राम्रो रहनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) #Capricorn :

व्यापार व्यवसायमा प्रगति हुनेछ र पदोन्नतिको योग रहेको छ। कर्मक्षेत्रमा गरिएको मेहनतको उचित कदर हुनेछ। बुवा वा उच्च अधिकारीको मार्गदर्शनले महत्त्वपूर्ण कामहरू बन्नेछन्। जिम्मेवारी बढ्नेछ तर तपाईं सजिलै पार लगाउनुहुनेछ। समाजमा तपाईंको लोकप्रियता अझ बढेर जानेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) #Aquarius:

भाग्योदयको योग रहेको छ। धार्मिक तथा आध्यात्मिक कार्यमा रुचि बढ्नेछ। उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूका लागि समय अत्यन्तै अनुकूल छ। लामो दूरीको यात्राको सम्भावना रहेको छ। गुरुजनको आशीर्वादले मन प्रसन्न रहनेछ। रोकिएका कार्यहरूले गति लिनेछन्।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)#Pisces :

स्वास्थ्यमा केही उतारचढाव आउन सक्ने भएकाले विशेष सावधानी अपनाउनुहोला। आकस्मिक धन लाभको योग रहेको छ। सवारी साधन चलाउँदा वा बाटो काट्दा विशेष सतर्कता अपनाउनुहोला। गोपनीयतामा ध्यान दिनुहोला। व्यापारमा जोखिम मोल्नबाट बच्नुपर्ने दिन रहेको छ।

राशिफलले जे जस्तो भनेपनि तपाइँहरुको आजको दिन मङ्गलमय र शुभ बनोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *