नवरात्रको सातौँ दिन आज कालरात्रि देवीको पूजा आराधना गरिँदै

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, असोज ३१ गते

नवरात्रको सातौँ दिन आज कालरात्रि देवीको पूजा आराधना गरिँदै छ ।

प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । यस्ती देवीको स्वरूपलाई कालरात्रि भनिन्छ । कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दसैँ घरमा फूलपाती पनि भित्र्याइन्छ । फूलपाती अपराह्नकालमा भित्र्याउने वैदिक विधि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *