सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,चैत्र ११ गते।

सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ ।

बजारमा कारोबारका लागि छापावाला सुनको प्रतितोला मूल्य १ लाख ९ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४ सय रुपैयाँ कायम भएको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३ सय र र तेजावी सुनको मूल्य प्रतितोला एक लाख एक सय रुपैयाँ तोकिएको थियो ।

बिहीबार तोलामा १३ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबारका लागि प्रतितोला १४ सय तोकिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *