सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले वन रक्षक पदमा विज्ञापन खुलायो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,चैत्र ९ गते।

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले वन रक्षक पदमा विज्ञापन खुलाएको छ ।

आयोगले बुधबार खुला तथा समावेशी प्रतियोगितात्मकतर्फ स्थायी पदपूर्ति गर्न १६७ जनाका लागि विज्ञापन आह्वान गरेको हो ।

आयोगले प्रदेश निजामती सेवाअन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तहविहीन, वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको हो।

प्रदेशमा रिक्त स्थायी पदपूर्ति गर्ने गठित आयोगको आदेशानुसार स्थायी पदपूर्तिका लागि विज्ञापन गरिएको हो।आयोगले खुलातर्फ ९२, महिला २५, आदिवासी/जनजाति २०, मधेसी १६, दलित ७, अपांग ४ र पिछडिएको क्षेत्रबाट ३ गरी १६७ कोटा छुट्याएको छ ।

योग्यता पुगेका नेपाली नागरिकले २९ चैतसम्म नियमित र दोब्बर दस्तुरमा ६ वैशाखसम्म अनलाइनमार्फत् आवेदन दिन पाउनेछन्  । कक्षा ८ उत्तीर्ण भई शारिरिक तन्दुरुस्ती भएका १८ वर्षदेखि ३५ वर्ष उमेर समूहकाले दरखास्त दिन पाउने सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *