अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,फाल्गुन १९ गते।
प्रतिबन्धित लागु औषध गाँजा सहित एक युवक धनुषाबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषाको सवैला नगरपालिका वडा नं. ९ कुसमाहा सतोषर बस्ने ३० वर्षीय लालबाबु कापर रहेका छन् ।
ईलाका प्रहरी कार्यालय सवैला धनुषाबाट गस्तिमा खटेको प्रहरी टोलीले उनलाई घरनजिकै कालो प्लास्टिकमा लुकाइ राखेको ६ सय ग्राम गाँजासहित पक्राउ गरेको हो ।
उक्त लागु औषध गाँजा सहित नियनत्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।