अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,फाल्गुन २० गते।
मिथिलाञ्चलमा प्रसिद्ध मिथिला मध्यमा परिक्रमा बिहीबारदेखि सुरु भएको छ । प्रत्येक वर्ष फागुण शुक्लपक्ष प्रतिपदाका दिनदेखि मिथिला मध्यमा परिक्रममा सुरु हुने गर्छ ।
मिथिला मध्यमा परिक्रमा आज कल्याणेश्वर आईपुग्ने छ । औंसीदेखि सुरु हुने परिक्रमण फागु पूर्णिमासम्म चल्ने गर्छ ।
१५ दिने परिक्रमामा जनकपुरको हनुमानगढीबाट कल्याणेश्वर हुँदै औपचारिक सुरु भएर फुलहर, मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कन्चनवन, क्षिरेश्वरनाथ (पर्वत्ता), धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), अउढी, करुणा, बिसौल र फेरि कल्याणेश्वर हुँदै फागुपूर्णिमाको दिन जनकपुर फर्कन्छ र नगरको पाँचकोसे अन्तर गृह परिक्रमा गरी समाप्त हुन्छ ।