अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,साउन २७ गते।
श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।
नेपालको विभिन्न क्षेत्र, छिमेकी राष्ट्र भारतमा पनि भने दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर रक्षाबन्धन मनाइन्छ । यसबाट दिदी बहिनी र दाजुभाईका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । घरबाट टाढा रहेका दाजु भाईलाई दिदीबहिनीले कुरियर मार्फत पनि राखी पठाउने चलन छ। जसले गर्दा बहिने हुने भाईको हात खाली नहोस् भनेर दिदिबहिले राखी पठाउने गर्दछ। देशका विभिन्न ठाउँका कुण्ड,पोखरी,सागर, तलाउमा श्रावण शुल्क पूर्णिमा दिन बिहानैदेखि मेला लाग्ने गर्दछ। आज जनकपुरधामको विभिन्न मन्दिरमा भक्तजनको भिड बढेको छ।
रक्षाबन्धन गर्ने बेलामा दिदीबहिनीले “येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल ” भनी रक्षासूत्र, रक्षाबन्धन मन्त्रा उच्चारण गर्ने गर्दछ । आज देशभर सरकारी बिदा रहेको छ।