कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिन नदिन सीमा–नाकामा परीक्षणलाई तीब्र बनाउन सरकारको आग्रह

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस १८ गते।  

कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिन नदिन सीमा–नाकामा परीक्षणलाई तीब्र बनाउन सरकारले आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  कोरोनाभाइरस (कोभिड–१९) को नयाँ भेरिएन्ट ओमिक्रोन फैलन नदिन स्थानीय र प्रदेश सरकारलाई निर्देशन दिएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आइतबार एक सूचना सूचना जारी गर्दै ओमिक्रोन भेरियन्ट थप फैलन नदिन सर्तकता अपनाउन निर्देशन दिएको हो ।

कोरोना महामारीको विश्वव्यापी जोखिम कायमै रहेकाले थप संक्रामक भेरियन्ट ओमिक्रोन नेपालमा पनि भित्रिसकेकाले सबै स्थानीय तहका स्वास्थ्य संस्था र प्रदेशका स्वास्थ्य निर्देशनालयलाई थप सतर्कता र पूर्व तयारी गर्न महाशाखाले निर्देशन दिएको छ । सम्बन्धित स्वास्थ्य संस्थाहरुलाई जनस्वास्थ्यका मापदण्डहरूको पूर्ण पालना गराउन र कोरोना परीक्षणको दायरा बढाउन समेत महाशाखाले निर्देशन छ ।

पहिचान भएका संक्रमितहरुको उचित व्यवस्थापन गर्न आइसोलेशन, क्वारेन्टिन उपचारमा समन्वय र सहयोग गर्न पनि महाशाखाले आग्रह गरेको छ । त्यस्तै सीमा नाकाबाट प्रवेश गर्ने यात्रुहरूको प्रोटोकल अनुसारको परीक्षण तथा व्यवस्थापन गर्न आग्रह गर्दै खोप लगाउन छुटेका लक्षित वर्गहरुको पहिचान गरी खोप लगाउन समेत महाशाखाले निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *