अनलाईन न्युजपाटी,बिरगंज,समाचारदाता, पुस १९ गते।
चिसो बढ्दै गएपछि पर्साको जिराभवानी गाउँपालिकाले शैक्षिक संस्था बन्द गर्ने भएको छ ।
आइतबार सूचना जारी गरी यही पुस २४ गतेसम्म संस्थागत तथा सामुदायिक विद्यालयमा पठनपाठन बन्द हुने जनाएको छ ।
चिसोका कारण विद्यालयका बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने सम्भावना रहेकाले शैक्षिक संस्था गाउँपालिकाले बन्द गर्ने निर्णय गरीएको छ ।
शीतलहरसँगै बढेको चिसोका कारण जनजीवन कष्टकर बनेको छ ।