अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस १९ गते।
आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ३२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा १२ हजार ४९८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
९ हजार ७०० जनाको पिसिआर परीक्षण र २ हजार ७९८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
२५५ जना निको समेत भएको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट २ जनाको मृत्यु भएको छ।