अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस २३ गते।
नेपालमा थप २४ जनामा कोरोनाको ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ सय २६ जनाको जिन सिक्वन्सिङ गर्दा २४ जनामा ओमिक्रोन पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्रका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पोजिटिभ नमूनाको जिन सिक्वन्सिङ गर्दा २५० नेगेटिम पत्ता लाग्दा २४ जनामा ओमिक्रोन पुष्टि भएको हो । यसअघि नेपालमा तीन जनामा ओमिक्रोन पुष्टि भएको थियो ।

योसँगै नेपालमा ओमिक्रोन पुष्टि हुनेको सङ्ख्या २७ पुगेको छ ।