अनलाईन न्युजपाटी कृष्णा यादव ,बिरगंज,समाचारदाता,पुस २३ गते।
सशस्त्र प्रहरी बल ड्राईपोर्ट बिओपीले अवैध कुखुराको चल्ला पक्राउ गरेको छ।
सशस्त्र प्रहरी ड्राईपोर्ट बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सम्राट भणडारीको कमाण्डमा खटिएको टोलीले भारतवाट अवैधरुपले कुखुराको चल्ला २४ कार्टुन सहित २ दुईवटा मोटरसाइकल नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।
पक्राउ परेको चल्लाको २४ कार्टुनमा १९२० गोटा रहेको सो चल्लाको मूल्य करिव २ लाख ५० हजार बराबर रहेको सशस्त्र प्रहरीले बताएका छन्।
उक्त पक्राउ परेको भारतीय नम्बर मोटरसाइकल bro5f7785 र नेपाल नम्बरको मोटरसाइकल ग १५ प ९९४१ नम्बरको मोटरसाइकल राजशव कार्यालय पथलैया बारामा बुझाएको छ भन्ने कुखुराको चल्लाको स्थानीय , पत्रकार , राजस्व अनुसन्धान र पशु क्वारेन्टाइनको प्रतिनिधिहरु उपस्थितमा नष्ट गरेको छ।