आज थपिए ३०७५ जना कोरोना संक्रमित, २ जनाको मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस २८ गते।

आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ३०७५ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन विधिबाट १३ हजार ३६ वटा नमुना परीक्षण गर्दा ३ हजार ७५ मा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ, भने २७८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *