आज थपिए ११ हजार ३५२ जना कोरोना संक्रमित, ४ जनाको मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ ५ गते।  

आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ११ हजार ३५२ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

देशभर गरिएको १८ हजार ७८ पिसिआर परिक्षणका क्रममा ९ हजार ५ सय २ जना र ५ हजार ३ सय ३१ एन्टीजेन परिक्षणका क्रममा १ हजार ८ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म निको हुनेको संख्या ८ लाख १८ हजार १ सय ६०जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ४ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय २८पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *