महोत्तरीका विद्यार्थीको लागि मोडर्ना खोप आइपुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ १७ गते।

महोत्तरीका विद्यार्थीको लागि मोडर्ना खोप आइपुगेको छ ।

१५ माघदेखि २० माघसम्म लक्षित उमेर समूहका लागि खोप लगाइसक्ने लक्ष्य अनुसार उक्त खोप आइतबार जिल्ला स्वास्थ्य कार्यालय महोत्तरी आइपुगेको हो ।

खोप संख्या जिल्लाका विद्यार्थीलाई पर्याप्त भए पनि अभियान अन्योलमा परेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका स्वास्थ्य प्रमुख भोला यादवले जानकारी दिए । स्वास्थ्य कार्यालय महोत्तरीका लक्ष्मेश्वर झाका अनुसार खोप र स्वास्थ्य परिचालन गर्ने सम्बन्धमा जिल्लामा अहिलेसम्म तयारी भएको छैन ।

स्वास्थ्य कार्यालयले बुस्टर डोजको समेत तयारी गरेको छ । सोमबारदेखि २१ माघसम्म बुस्टर डोजको व्यवस्थापन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *