सुनसरीमा ट्रक एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु

अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता, माघ २२ गते।

सुनसरीमा ट्रक एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । अन्य १३ जना घाइते भएका छन् ।

भोक्राहा नरसिंह नगरपालिका-३ र ६ को सीमा क्षेत्र खुनिया खोला पुलमा शुक्रबार राति पूर्वतर्फ जाँदै गरेको ना५ख २९९६ नंम्बरको ट्रक र पश्चिमतर्फ आउँदै गरेको ना८ख ८४९३ नम्बरको बस ठोक्किएका थिए ।

दुर्घटनापछि दुवै सवारीमा आगलागी हुँदा उनीहरूको मृत्यु भएको प्रहरीले जानकारी दिए ।

दुर्घटनामा बसका कन्डक्टर झापाका रबिन ढुङ्गेल, मोरङका बिक्रम कटवाल, बसमा सवार दोलखाका मिङमा शेर्पा, बाराका दिपक श्रेष्ठ, बसका सहचालक उदयपुरका दिलकुमार बिक, बसमा सवार महोतरीका राहुलकुमार मण्डल, काठमाडौंका सादकन मिया, भारतकी मुना प्रधान, उमेश लामा, अमृता लामा, पाँचथरका पेवाहाङ जगेबु, तेह्रथुमका जितबहादुर लिम्बु र इलामका गोपाल दाहाल घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *