अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ २५ गते।
आज पछिल्लो २४ घण्टामा १ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ लाख ४२१६ पुगेको छ ।
नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख २० हजार ५९२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ११ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८३८ पुगेको छ ।