एमसीसी फिर्ता लैजान अमेरिकी सरकारलाई बामदेव गौतमको आग्रह

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन १० गते।

बामदेव गौतमले एमसीसी सम्झौता फिर्ता लैजान अमेरिकी सरकारलाई आग्रह गरेका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गरी उनले एमसीसी सम्झौताका कारण अमेरिका र नेपालबीचको सम्झौता तलमाथि पर्न सक्ने भन्दै फिर्ता लैजान आग्रह गरेका हुन् ।

जारी विज्ञप्तीमा भनिएको छ, ‘यो सम्झौताले ७४ वर्ष हिलेदेखि अविछिन्न मित्रता रहेको संयुक्त राज्य अमेरिकासँग नेपालको सम्बन्धमा केही तल माथि प-यो भने यसको सम्पूर्ण दोष आफूलाई चुकेल्याङ ठान्ने खलनायकहरुले नै बोक्नुपर्नेछ । मैले यस भन्दा पहिले पनि एमसीसी परियोजना फिर्ता लैजान अमेरिकी सरकारलाई विज्ञप्तीमार्फत् आग्रह गरेको थिएँ । तर, हुन सकेन ।’

उनले थप भनेका छन्, ‘म फेरि पनि अमेरिकी सरकारलाई विनम्रतापूर्वक यो परियोजना फिर्ता लैजान अनुरोध गर्दछु ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *