राष्ट्रपति भवन शीतल निवास अगाडि शुक्रबार आत्मदाह गर्न खोज्ने निहारिका राजपुत पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन २७ गते।

राष्ट्रपति भवन शीतलनिवासअगाडि शुक्रबार आत्मदाह गर्न खोज्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राष्ट्रपति भवन शीतल निवास अगाडि आफ्नो शरीरमा पेट्रोल खन्याउनासाथ आत्मदाह गर्ने भन्दै उनले शरीरमा पेट्रोल खन्याएकी थिइन् ।  तर प्रहरीले उनलाई आत्मदाह गर्न नदिइ उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको गुनासोसहित आन्दोलनरत २० वर्षकी निहारिका राजपुतले राष्ट्रपति भवन शितल निवासअघि पुगेर आत्मदाह गर्ने प्रयास गरेकी छिन् । उनले बच्चाको डीएनए टेस्ट गराउन र आरोपीलाई पक्राउ गर्न माग राख्दै आमरण अनसनमा बसेकी थिइन्

आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्वीर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको उनको भनाइ छ । तर जिल्ला अदालत धनुषाले २४ माघ २०७८ मा श्रेष्ठलाई सफाइ दिएको छ । त्यसविरुद्ध उनी उच्च अदालत जनकपुर पुगेकी छन् ।

मुद्दा अदालतमा विचाराधीन छ । विगत एक सातादेखि न्याय माग्दै आमरण अनशनमा रहेकी निहारिका राजपुतले आत्मदाह प्रयास गरेकी छन् । शुक्रबार दिउँसो राष्ट्रपति भवन शीतल निवास अगाडि पुगेर निहारिकाले आत्मदाह प्रयास गरेकी हुन्

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *