अनलाईन न्युजपाटी ,काठमाडौँ ,समाचारदाता,भदौ १० गते।
आज पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४६ हजार ८२९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय १८ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८० हजार ६६३ पुगेको छ ।