अनलाईन न्युजपाटी ,काठमाडौँ ,समाचारदाता,भदौ ११ गते।
आज पछिल्लो २४ घण्टामा थप १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४७ हजार ००२ पुगेको छ ।
त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण कुनैको पनि मृत्यु भने भएको छैन । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९९९ रहेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय ९६ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८१ हजार ५९ पुगेको छ ।