अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असोज ८ गते।
नारायणगढ–मुग्लिन सडक पहिरोका कारण अवरुद्ध भएको छ।
शुक्रबार राति १२ बजे भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
अहिले दुवैतर्फ सडक अवरुद्ध भएपछि बाटो जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ ।