आज थपिए ७४ जना कोरोना संक्रमित, कुल संख्या ११ लाख ५१ हजार ४९३ पुग्यो

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असोज ८ गते।

आज पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५१ हजार ४९३ पुगेको छ ।

त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण एकको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार १७ पुगेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय १६ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८६ हजार २३५ पुगेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *