धादिङको नीलकण्ठमा सवारी साधन दुर्घटना हुँदा एकको मृत्यु र अन्य सात जना घाइते

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असोज १५ गते।

धादिङको नीलकण्ठमा सवारी साधन दुर्घटना हुँदा एकको मृत्यु र अन्य सात जना घाइते भएका छन् ।

कपिलवस्तुबाट धादिङबेँसी हुँदै सल्यानटार जाँदै गरेको ना४ख ८०४१ नम्बरको ट्रक सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताउनुभयो । मृत्यु भएका पुरुषको सनाखत हुन सकेको छैन ।

दुर्घटना घाइते भएका ८ जनाको धादिङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ । सल्यानटारमा यही असोज २८ गतेदेखि हुने महोत्सवका लागि स्टल बनाउन रड,फलामका सामानहरु बोकेको ट्रक आफैं अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *