भोलि ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,कार्तिक २१ गते।

भोलि ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार मंगलबार बेलुकी ५ बजेर २७ मिनेटमा ग्रहण सुरु हुने समितिले जनाएको छ । चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर उदय हुने भएकाले भोलि लाग्ने ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण र ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो ।

बेलुकी ०६:३४ बजे ग्रहण सकिन्छ । एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिनेछ । चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए ।

कात्तिक २२ गते मङ्गलबार बिहान ०८:११ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेकलाई भोजन निषेध गरिएको छ । बेलुकी ०६:३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने पनि उनले बताए । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *