राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस २० गते।  

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ ।

आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि मङ्गलबार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने आयोगका सहायक प्रवक्ता कोमल धमलाले बताए ।

राष्ट्रिय सभा निर्वाचनका लागि १२ वटा राजनीतिक दलले निर्वाचन  आयोगमा दल दर्ता गरेको छन्। निर्वाचनका लागि दल दर्ता गराउनेमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, प्रजातान्त्रिक जनता पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र नेपाल परिवार दल रहेका छन् ।

जसमा एमाले, काँग्रेस, एकीकृत समाजवादी र जनमोर्चाले मात्र उम्मेदवार टुंगो लगाएका छन् । एमालेले रिक्त १९ सिटमा एकल उम्मेदवारी दिएको छ भने काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाबीच चुनावी तालमेल भएको छ । काँग्रेसले ६, माओवादीले ५, एकीकृत समाजवादीले ५, जसपाले २ र जनमोर्चाले एक सिटमा उम्मेदवारी दिँदै छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *