पुष्षकमल दाहाल प्रचण्ड पनि कोरोना संक्रमित

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस २४ गते।  

पुष्षकमल दाहाल प्रचण्ड पनि कोरोना संक्रमित भएका छन् । 

शनिबार बिहान प्रचण्डको सचिवालयले हिजो बेलुका गरेको पीसीआर परीक्षणका क्रममा प्रचण्डमा कोरोना पोजिटिभ देखिएको जनाएको छ। 

‘अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यमा केही असहजता देखिएकोले हिजो बेलुकी पिसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ’, दाहालको सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उहाँ अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनु भएको र स्वास्थ्य अवस्था सामान्य छ।’

यसैबीच यो बीचमा उनीसँगको सम्पर्कमा रहेका सबैले सतर्कता अपनाउन र  डाक्टरको सल्लाह अनुसार आइसोलेशनमा बस्न आग्रह गरिएको छ।

प्रचण्डलाई कोरोना भएसँगै पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको  सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *