अनलाईन न्युजपाटी जनकपुरधाम ,समाचारदाता,पुस २७ गते।
आज पुस २७ गते राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा विविध कार्यक्रमहरुको आयोजना गरी प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधाममा जन्मजयन्ती मनाइएको छ।

पृथ्वीनारायण शाहको जन्मजयन्ती को अवसरमा विभिन्न कार्यक्रम को आयोजना गरी जनकपुर, ढल्केबर लगायत देशभरि मनाइदै छ। राष्ट्रवादी,सनातनवादी र युवाहरुको सहकार्यमा नेपाल एकिकरणका महान नायक पृथ्वीनारायण शाहको ३००औ जन्म जयन्ती भब्यताका साथ आज सम्पन्न भएको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टी जनकपुरधाम नगर कमिटीको अध्यक्ष सोमेन्द्र ठाकुरको अध्यक्षतामा रथ माथि पृथ्वीनारायण शाहकोको फोटो राखी नगर परिक्रमा गरेको छ। बाजागाजा सहित नगर यात्रा गर्दै जनकपुरधामको मुख्य मठमन्दिर हुदै र्याली निकालिएको थियो।
जिल्ला अध्यक्ष रामचन्द्र यादव, जिल्ला सदस्य मुन्नु झा, नगर उपाध्यक्ष जितेन्द्र प्रसाद साह,नगर सचिव नविन झा, सुदिप झा,प्रेम झा,सुरज राउत, लगायत राप्रपा का केन्द्रिय सदस्यहरुको उपस्थितिमा विविधता का साथ जन्मजयन्ती मनाईएको छ।

यसका साथै कोभिड-१९ र ओमिक्रोम संक्रमण लाई मध्यनजर गर्दै सार्वजनिक स्थलहरुमा मास्क वितरण समेत गरिएको कुरा राप्रपाका नगर सचिव नविन झाले बताए।
विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीको पुत्रको रुपमा पृथ्वीनारायण शाहको जन्म भएको थियो। विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए। त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो। पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न सफल भएका थिए।
पृथ्वीनारायणको निधनपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ। पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए। त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौं उपत्यका विजय हासिल गरेका थिए।
नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए । सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी पृथ्वी जन्मजयन्ती मनाइँदै छ।