अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा समाचारदाता,पुस २८ गते।
नेपाली कांग्रेस लहान नगरपालिका वडा न. २४ ले कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत विभिन्न तहको अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा सम्मान गरेका छ्न।
मंगलबार सिरहाको लहान न .पा २४ स्थित मानिकदह झुट्कीमा एक समारोह बिच नवनिर्वाचित पदाधिकारीहरु लाई बधाई तथा सम्मान गरेका हुन।
कार्यक्रममा प्रमुख अथिती केन्द्रिय सदस्य मा. सांसद पदम नारायण चौधरी , अतीथि प्रदेश २ प्रदेश सदस्य शारदा खातुन , उमेस यादव , उपसभापति राम सुन्दर चौधरी , क्षेत्रीय सभापति महेश चौधरी, पुर्ब क्षेत्रीय सभापति अछमितलाल चौधरी , नगर सभापति रास लाल राय ,लहान न पा का सम्पूर्ण ईकाइ सभापति ,नेपाली कांग्रेस का नेता राज कुमार राउत लगायत नेपाली कांग्रेस लहान नगरपालिका वर्डा-२४ का सम्पुर्ण जेष्ठ नागरिकलाई बधाई तथा सम्मान गरेको नेपाली कांग्रेस वर्डा कार्यसमिति लहान न पा-२४,सिरहा का सह -सचिब सुदिप महतोले बताए ।
कार्यक्रममा उपस्थिति भएको सम्पूर्ण नेपाली कांग्रेसका नेताहरुले माघ -१५ मा हुन गईरहेको सिरहा जिल्ला अधिवेशनमा जिल्ला सभापति पदका उम्मेदवार राम सुन्दर चौधरी लाई समर्थन गरि बिजय गराउने सह सचीव महतोले बताए ।