अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ १ गते।
कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहित कोरोना महामारीको तेस्रो लहर नियन्त्रणसम्बन्धी मन्त्रिपरिषद्को बैठकले नयाँ आदेश जारी गरेको छ ।
मन्त्रिपरिषद्को नयाँ आदेश अनुसार रात्रिकालीन व्यवसाय बन्द गर्ने गरिने भएको छ । राति सञ्चालन हुने डान्स बार, दोहोरी जस्ता व्यवसाय पूर्ण रुपमा बन्द गरिने भएको हो ।
यसैगरी, सिनेमा हलहरुमा ५० प्रतिशत दर्शक राखी सामाजिक दूरी कायम गरी सञ्चालन गरिने निर्णय भएको बताइएको छ ।
त्यस्तै, राति सञ्चालन हुने रेष्टुरेन्ट भने सामाजिक दूरी कायम गरेर सञ्चालन गर्न पाइने भएको छ ।