वडा सदस्यमा युवानेता निर्भय सिंहले चुनावमा उमेदवारी दिने

अनलाईन न्युजपाटी,प्रिन्स मिश्रा ,कपिलवस्तु,समाचारदाता, माघ १३ गते। 

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ९ बहादुरगंज बस्ने युवा समाजसेवी , कर्मठ , इमानदार , संघर्षशील व्यक्तित्व भएका निर्भय सिंहले आउने स्थानीय चुनावमा वडा नं ९ बाट वडा सदस्य पदमा उम्मेदवारी दिने बताएका छन् ।  सिंह लामो समय देखि वडाको जनताको बिचमा रहि जनताको सुख दुखमा सहभागी हुदै आएका छन्।

सिंहले आउने चुनावमा आफू निर्वाचित भए वडाको समग्र विकासका साथै दलित, अल्पसंख्यक, पिछडावर्ग लगायत अन्यको हकहितमा काम गरि वडा वासीको मन जित्ने बताउनुभयो । सिंहले कोरोना कालमा बिरामीहरुको बीचमा रहि ऑक्सीजन सीलेंडरको व्यवस्था लगायत कृष्णनगरमा फैलिएको झाड़ा पखालाको बिरामीहरु संग पनि सुख दुखको साथी समेत बनेका थिए ।

आफूलाई वडाका जनताबाट पटक पटक दबाव आइरहेकोले जनताको इच्छा अनुसार नै आउने स्थानीय तहको चुनावमा वडाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *