अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,चैत्र ९ गते।
आज जनकपुरधाम वडा नम्बर २० मा राष्ट्रिय प्रजातन्त्र पार्टी वार्ड स्तरीय बैठक सम्पन्न भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी को जनकपुरधाम वार्ड २० मा ५० भन्दा बढि युवा तथा महिला हरु बिभिन्न पार्टी हरु प्रत्याग गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन्।

उक्त वार्ड मा ५१ सदस्य श्री श्रवण कुमार साह को नेत्रित्वमा वार्ड कमिटी समेत गठन गरिएको छ ।
कार्यक्रममा जब जनकपुरधाम नगर अध्यक्ष सोमोन्द्र ठाकुर,नगर उपाध्यक्ष जितेन्द्र प्रसाद साह,नगर सचिव नविन झा लगायत सुरज राउत,अकबर साफि , धर्मेन्द्र महतो लगायत का नेता हरु को समेत उपस्थिति थियो।
साथै नगर सचिव नविन झा ले ५१ जना नव प्रवेशीहरुमा हार्दिक बधाई एवम् शुभकामना समेत व्यक्त गरेका छन्।
आउदो स्थानीय निर्वाचनमा जनकपुरधाम वाट राष्ट्रिय प्रजातन्त्र पार्टी बहुमतले निर्वाचित हुने छन भन्नु भयो!
राष्ट्रिय प्रजातन्त्र पार्टी जिन्दावाद र हिन्दु राष्ट्र कायम गर जस्ता नारा हरु समेत लागाएका थिए!