अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,चैत्र १२ गते।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल चीन सरकारले आज नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ।
आज साँझ चीनका विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमबिच प्रधानमन्त्री शेरबहादुर देउवालाई विमानस्थल हस्तान्तरण गर्नेछन्।
भर्चुअल माध्यमबाट हुने कार्यक्रममा चीनका विदेशमन्त्री यीले प्रधानमन्त्री देउवालाई विमानस्थलको चाबी हस्तान्तरण गर्ने कार्यक्रम रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विनेश मुनकर्मीले जानकारी दिए।
विमानस्थल हस्तान्तरण गर्न आयोजित कार्यक्रमका लागि पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले शनिवार पोखरा जादैछन्।