जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा कांग्रेसका बागी उम्मेदवार मनोज साह र उपमेयरमा किशोरी साह विजयी

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,जेठ ९ गते।              

जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका बागी  उम्मेदवार मनोजकुमार साह निर्वाचित भएका छन । स्वतन्त्र उम्मेदवार मनोजले १३ हजार ४ सय ६५ मत ल्याएर मेयरमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका शिवशंकर साह हिराले ९ हजार ५३२ मत ल्याए ।

यस्तै लोसपाका मनोज चौधरीले ५ हजार ३६० मत ल्याउँदा गठबन्धनबाट जसपाका उम्मेदवार लालकिशोर साह ५ हजार १९४ मत ल्याए । लालकिशोर जनकपुरधामका निवर्तमान मेयर हुन् ।

यस्तै उपमेयरमा नेपाली कांग्रेृसका किशोरी साह निर्वाचित भएका छन् । उनी १५ हजार ५२५ मत ल्याएर निर्वाचित भएका छन् भने उनको निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी रुना झाले १० हजार ८८५ मत ल्याइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *