अनलाईन न्युजपाटी ,काठमाडौँ समाचारदाता,असार २५ गते।
आज जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा नेपालमा पनि राष्ट्रिय शोक मनाउने सरकारले निर्णय गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
सरकारले हत्या निन्दनीय भएको भन्दै भर्त्सना गरेको छ साथै आबेको निधनप्रति गहिरो दुःख प्रकटसमेत गरेको छ। सरकारले जापान सरकार, जापानी जनता र आबेको परिवारप्रति समवेदना व्यक्त गरेको छ।