चिनियाँ कम्युनिस्ट पार्टीका नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ आज नेपाल आउँदै

अनलाईन न्युजपाटी ,काठमाडौँ समाचारदाता,असार २६ गते।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ आज नेपाल भ्रमणमा आउँदै छन् ।

आठ सदस्यीय टोलीको नेतृत्व गर्दै लिउ चारदिने नेपाल भ्रमणमा लागेका हुन् ।

उनी विमानमार्फत आइतबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ। आगामी बुधबारसम्म यहाँ रहँदा लिउले उच्च राजनीतिक तहमा भेटवार्ता गर्नेछन् ।

लिउले भ्रमणका क्रममा सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी र प्रमुख प्रतिपक्षाी दल नेकपा एमालेका शीर्ष नेतालाई भेट्ने कार्यक्रम छ।

त्यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतसँग विशेष भेटघाटको कार्यक्रम तय भएको छ।

संसदीय निर्वाचन हुने पूर्वसन्ध्यामा उत्तरी छिमेकबाट यसरी हुन लागेको भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *