अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस २३ गते।
सहिद स्मारक ए डिभिजन लिगमा आजदेखि आठौं चरणका खेल हुँदै छन्। आज आठौं चरणका दुई खेल हुँदै छन्।
आज दिउँसो १ बजे संकटा र सातदोबाटो क्लबबीच प्रतिस्पर्धा हुनेछ।
अहिलेसम्मका ७ खेलमा संकटाले ३ जित र ४ बराबरीसहित १३ अंक हात पारेको छ। त्यस्तै सातदोबाटोले २ जित र २ बराबरीसहित ८ अंक हात पारेको छ।
त्यस्तै पौने ५ बजे हुने खेलमा विभागीय टोली एपीएफ र जावलाखेलबीच प्रतिस्पर्धा हुनेछ। एपीएफले अहिलेसम्म ७ खेलमध्ये १ मा जित र ३ बराबरीसहित ६ अंक हात पारेको छ।
जावलाखेलले भने २ खेलमा जित र १ मा बराबरीसहित ७ अंक हात पारेको छ। दुवै खेल दशरथ रंगशालामा हुनेछ।