अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,भदौ २६ गते।
एसिया कप क्रिकेटको उपाधिको लागि आज पाकिस्तान र श्रीलंका भिड्दै छन्।
खेल बेलुका पौने ८ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ।
पाकिस्तानले भने भारत र अफगानिस्तानलाई हराएको थियो भने श्रीलंकासँग पराजित भएको थियो। पाकिस्तान र श्रीलंकाबीच हालसम्म २२ वटा टी-२० खेल भएका छन्। जसमा पाकिस्तान १३ र श्रीलंका सात खेलमा विजयी भएका छन्।
पछिल्ला पाँच टी-२० खेलमा भने श्रीलंका चार र पाकिस्तान एक खेलमा विजयी भएका छन्।