भारतका रक्षामन्त्री राजनाथ सिंह पनि कोरोना संक्रमित

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,पुस २६ गते।  

भारतका रक्षामन्त्री राजनाथ सिंह पनि कोरोना संक्रमित भएका छन् ।

सिंहले आज आफूलाई कोरोना पोजेटिभ भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

रक्षामन्त्री सिंहले ट्विटरमार्फत आफूलाई कोभिड-१९ को सङ्क्रमण भएको र हल्का लक्षण देखिएको भन्दै लेखेका छन्, मलाई आज हल्का लक्षणसहित कोरोना पोजेटिभ देखिएको छ।म घरमै क्वारेनटाइनमा छु ।’

सिंहले पछिल्लो समय आफ्नो सम्पर्कमा आएका सबैलाई आइसोलेसनमा बस्न र परीक्षण गर्न भनेका छन् । उनले ट्विटरमा थप लेखेका छन्, ‘हालै मेरो सम्पर्कमा आउनु भएका सबै जनालाई आइसोलेसन बसी परीक्षण गराउन अनुरोध गर्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *