भारतमा एकै दिनमा थपिए २ लाख ६४ हजारभन्दा बढी कोरोना संक्रमित

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,पुस ३० गते।  

भारतमा एकै दिनमा २ लाख ६४ हजार २०२ बढी कोरोना संक्रमित थपिएका छन्। जुन संख्या बिहीबार थपिएका संक्रमितको तुलनामा ६.७ प्रतिशत हो ।

भारतमा कोरोना भाइरसबाट दैनिक रुपमा संक्रमित हुनेको संख्यामा फेरि ठूलो उछाल आएको छ ।

तर भारतमा दैनिक संक्रमितको संख्या ह्वात्तै बढे पनि मृत्यु हुनेको संख्या भने निकै कम छ । त्यहाँ पछिल्लो २४ घण्टामा २१९ जना संक्रमितको मृत्यु भएको छ भने १ लाख ९ हजार ३४५ जना कोरोनामुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *