शुक्रबार फिलिपिन्स अवस्थित रूसी दूतावासमा आगलागी

अनलाईन न्युजपाटी,ऐजेंसी,समाचारदाता, माघ २२ गते। 

फिलिपिन्समा रहेको रुसी दूतावासको भवनमा आगलागी नभएको जनाएको छ । उक्त आगलागीमा कोही पनि घाइते नभएको रुसको विदेश मन्त्रालयले जनाएको छ । दूतावासका सबै कर्मचारी र उनीहरुका परिवारलाई सकुशल बाहिर निकालिएको छ।

रुसी समाचार एजेन्सी तासका अनुसार दूतावासमा रहेका कर्मचारी र उनीहरूका परिवारका सदस्यहरूलाई मनिलामा सुरक्षित रूपमा बाहिर निकालिएको छ। रुसी दूतावासमा लागेको आगो नियन्त्रणमा आएको छ । शुक्रबार फिलिपिन्सको न्यूज च्यानल र्‍यापलर मिडियाले मनिलास्थित रुसी दूतावासमा आगलागी भएको जानकारी दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *