अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन ३१ गते।
पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएसँगै सार्वजनिक यातायातको भाडा समेत वृद्धि भएको छ ।
सरकारले तोकेको नयाँ भाडादरअनुसार अब यात्रुवाहक गाडीको भाडा चार दशमलव ७० प्रतिशतले बढेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीको भाडा छ दशमलव १५ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीकाे भाडा छ दशमलव ८३ प्रतिशतले बढेको हो । बढेको भाडादर आजैदेखि लागू भएको छ ।