कालीगण्डकी नदीबाट ल्याइएको देव शिला आज भारत लगिने

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,माघ १६ गते।

भारत उत्तरप्रदेशको अयोध्यामा निर्माणाधीन राममन्दिरको मख्य गर्भगृहमा राख्न भगवान् रामको बालापन निर्माणका लागि कालीगण्डकी नदीबाट भारत पठाउन लागिएको शिला जनकपुरधाम पुगेको छ ।

कालीगण्डकी नदीबाट ल्याइएको देव शिला आज भारत लगिने भएको छ ।

शनिबार अबेर राति जानकी मन्दिरमा ल्याइएको शिलाको विशेष पूजापाठ गरिएको छ भने भारतको ठाउँ ठाउँमा विशेष पूजापाठ गरिने जनाइएको छ ।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दाससहित साधु, महन्थ र श्रद्धालु भक्तजनले मन्दिर प्राङ्गणमा महापूजा गरेका थिए ।

विशेष पूजाकालागि ठाउँ ठाउँमा भव्य तयारी गरिएको छ । जानकी मन्दिरका महन्थ रामतपेश्वर दाससहित साधु, महन्थ र श्रद्धालु भक्तजनले मन्दिर परिसरमा विशेष पूजापाठ गरेका थिए । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले शिलामा पूजाका लागि सोमबार बिहान शोभायात्रासहित जनकपुरधाम परिक्रमा गरी शिला अयोध्या लगिने जानकारी दिए ।

आइतवार सम्पन्न विशेष पूजामा मधेश प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मुख्यमन्त्री सरोजकुमार यादव, सभामुख रामचन्द्र मण्डल, नेता निधि, एमाले नेत्री जुलीकुमारी महतो, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अनिलकुमार झा लगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *