अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,फागुन ४ गते।
यातायात व्यवस्था कार्यालय जनकपुरधामबाट दुईजना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टी नगरपालिका–३ बस्ने ३३ वर्षीय अनिल साह र एकडारा गाउँपालिका–३ बस्ने ३५ वर्षीय विरेन्द्र साह रहेका छन् ।
उनीहरुलाई बुधबार सवा ३ बजेको समयमा यातायात कार्यालयमा आउने सेवाग्राहीहरुलाई काम छिटो छरिटो गराइदिन्छु भनि आर्थिक लाभ लिइ बिचौलियाको काम गरि रहेको गोप्य सूचनाको अधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
सेवा ग्राहीहरूसँग तोकेको कर शुल्क भन्दा बढी रकम लिइरहेको अवस्थामा उनीहरू दुबैजनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याएर थप अनुसान्धान भइरहेको प्रहरीले बताए ।